एजेन्सी – भारतको कश्मीरस्थित पुलवामा जिल्ला ४० जना भारतीय सैनिकको ज्यान लिने गरी भएको चरमपन्थी आक्रमणपछि भारतीय क्रिकेटर मोहम्मद शमीले मुख खोलेको छन् । गत १४ फब्रुअरीमा भएको उक्त हमलामा शहीद भएका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्दै तीब्र गतीका बलर शमीले देशका लागि बल छाडेर ग्रिनेट बोक्न पनि तयार रहेको बताका हुन् ।


ADVERTISEMENT


‘म भारतका लागि बल छाडेर ग्रिनेड उठाउन पनि तयार छु । जब हामी देशका लागि क्रिकेट खेलिरहेका हुन्छौँ त सिपाहीहरुले देशको सीमाको रक्षा गर्छन् ।’ उनले भनेको छन्, ‘यस संकटको घडीमा हामी सिपाहीका परिवारको साथमा छौँ र सँधै रहिरहने छौँ’


ADVERTISEMENT

# # #


उनीसंगै अन्य भारतयि क्रिकेटरहरुले पनि हमलाको विरोध गरेका छन् र पीडित परिवारका लागि आर्थिक सहयोग गरिरहेका छन् ।

घटनामा भारतले पाकिस्तानलाई दोषी ठहर्‍याएको छ र त्यसको जवाफ दिने बताएको छ । यो घटनाको जिम्मेवारी भने पाकिस्तानस्थित आतंकवादी संगठन जैश(ए–मोहम्मदले लिएको थियो ।