काठमाडौँ– प्रहरीले जबरजस्ती करणी पश्चात बालिकाको हत्या गरी जलाउने एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


धनुषाको बिदेह नगरपालिका २, दुहबीटोलमा बने डाग बहादुर जर्घा मगरको २२ वर्षीय छोरा निरज जर्घा मगरलाइ प्रहरीले पक्राउ गरेको हो । भारत तर्फ लुकिछिपी भागि जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


ADVERTISEMENT

# # #


निरजले धनुषाको मिथिला न.पा वडा न ३, हरीहरपुरको मगर टोलका देवनारायण रसाईलीकी ११ वर्षीया छोरीलाई बलात्कार गरी हत्या गरेर जलाएको ले जनाएको छ । हत्या गरिएकी रेश्मा भन्ने दुतिया रसाई बोल्न सक्थिनन् । उनको शव प्रहरीले गाँउबाट उतर तर्फ रहेको मौले कामीको उखुबारीमा नग्न अबस्थामा जलेको शव फेला पारेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।