काठमाडौँ– प्रदेश नं. ३ को नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा नेता बानियाँले मकवानपुरको थाहा नगरपालिका ६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई एम्बुलेन्सको साँचो र सुरुमा संचालनको लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका हुन्।


ADVERTISEMENT


मकवानपुर जिल्ला कांग्रेस सभापतिसमेत रहेका उनले धर्मपत्नी दीपा पौडेल बानियाँ, छोरी दीक्षा बानियाँलगायत विशिष्ट अतिथिसंग संयुक्तरूपमा स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा स्वास्थ्यचौकी प्रमुखलाई हस्तान्तरण गरे । केहीदिन अघि उनले स्वर्गीय पिताको स्मृतिमा राईगाउँ स्वास्थ्यचौकी र स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका १८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स वितरण गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, अतिथिहरु थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाली कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, थाहा बज्रबाराही स्वास्थ्यचौकी प्रमुख सजिता पराजुलीले मन्तव्य व्यक्त गरे ।