काठमाडौं– राष्ट्रियसभाको शून्य समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले गरेको भ्रष्टाचारको मुद्दा अदालतसम्म ल्याउन माग गरिएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा नेकपाका सांसद रामनारायण विडारीले विद्यमान धेरै कानुनले अनुसन्धान गरि कानूनी कारवाही अगाडी बढाउन सकिने अवस्था रहेकोले अनुसन्धान प्रक्रिया अगाडी बढाउन माग गरेका छन् ।


ADVERTISEMENT


यस्तै सभाको सून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले नेपालको पानी जनताको लगानी कार्यक्रममा तमोर र बुढीगण्डकी जस्ता आयोजना किन नसमेटिएको भन्दै प्रश्न गरे ।


ADVERTISEMENT

# # #


सांसद अधिकारीले एक दैनिक पत्रिकामा आएको समाचार पढ्दै दुवै आयोजना विदेशी कम्पनीलाई बेचिएको होकी भनेर आशंका रहेको बताए । सभामा सांसद बृशेष चन्द्रलालले मेलम्ची खानेपानी आयोजनामा भएको अनियमितता सतहमा आएको भन्दै सरकारलाई दोषीलाई कारबाही गर्न माग गरे । मन्त्री र सचिवको जुहारीले अनियमितता भएको प्रष्ट भएकोले आफुलाई भ्रष्टाचारविरुद्ध उभ्याएको सरकारले कसरी कारबाही गर्छ भनेर प्रश्न गरे ।

राष्ट्रियसभाको शून्य समयमा सांसद रामप्रित पासवानले धनुषा जिल्लामा पछिल्लो समय महिला माथिको हिंशाको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । यस्तै सांसद सरिता प्रसाइले निर्माण थालिएको काष्ठमण्ड़पको तीनवटा थाम नयाँ र एउटा पुरानो मिसाएर गाडिएकोले संरचना कमजोर हुन सक्ने भन्दै पर्यटन मन्त्रीको ध्यानाकर्षण गराए ।