काठमाडौं – सरकारले फेकबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ । तर, समाजिक सञ्जालका प्रयोगकर्ताहरु मर्यादामा बस्नुपर्ने प्रवक्ता गोकुल बास्कोटाले बताए ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयकको बचाउ गरे ।


ADVERTISEMENT

# # #


‘दर्ता सम्बन्धी कुराहरु कुन देशमा छैन ? जर्मनीमा फेसबुक दर्ता छैन ? भारतमा दर्ता छैन ? बेलायतमा दर्ता छैन ? सबै ठाउँमा दर्ता छन् ।’ अर्बोँ रुपैयाँ विदेशीरहेको भन्दै उनले भने, ‘तपाइहरुले नै लेख्नु भएको छ, १२ अर्ब ७५ करोड रुपैयाँ वर्षेनी बाहिरियो । के त्यो करको दायरामा आएको छ ? त्यसकारण यसलाई रोक्नु भनेको विकासको गतिको प्रवाहलाई छेक्नु जस्तै हो । नियमन गर्नु, व्यवस्थित गर्नु र त्यसको लाभ राज्यले उठाउनु के खराब कुरा हो ? ’

उनले सामाजिक सञ्जाल नियन्त्रण गर्ने कुराले वाक स्वतन्त्रतालाई कुण्ठित गर्छ भन्ने सोच्नु गलत भएको बताए । ‘नागरिकका लेख्न, बोल्न पाउने कुनै पनि किसिमका अधिकार बन्देज गराउने होइन, तर देश, समाज र हाम्रा मौलिक मान्यताहरुका विपक्षमा जाने कुराहरुलाई कानुनी कारबाहीमा ल्याउने कुरा त हुन्छ ।’ उनले भने, ‘यसलाई वाक स्वतन्त्रतालाई बन्देज गर्न खोकियो भनेर बुझ्नु भयानक भूल हुनेछ । त्यसहिसाबले हामी जान खोजेका छैनौँ ।’