बागलुङ– जिल्लाको गलकोट नगरपालिका–५ का १४ वर्षीय बालक हिमाल थापामगरको भिरमा पदमचाल (अमिलो) टिप्न जाँदा ज्यान गएको छ ।


ADVERTISEMENT


सानो घुम्टे भन्ने स्थानमा साथीहरुसँगै अमिलो टिप्ने क्रममा शुक्रबार हराएका थापामगर आज मृतावस्थामा भेटिएका हुन् । भीरबाट तल पहिरो सोताहा भन्ने ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


साथीहरुसँग अमिलो टिप्न गएका थापामगर जङ्गलबाटै सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयवासीले खोजतलास सुरु गरेका थिए । घटना भवितव्य या अन्य कारणले भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मृतक थापामगरसँगै अमिलो टिप्न गएका अन्य चारजनालाई इलाका प्रहरी कार्यालय, हरिचौरमा लगी सोधपुछ थालिएको प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए । शव परीक्षणका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।