झापा– बाँके नरैनापुर गाउँपालिका – ६ दोन्द्राका मुलायम यादवको बायाँ गालामा भएको ट्युमरको निशुल्क अप्रेसन हुने भएको छ । झापाको बिर्तामोडमा रहेको बि एण्ड सी टिचिङ अस्पतालले यादवको निःशुल्क अप्रेशन गरिदिने भएको हो ।


ADVERTISEMENT


केहि दिन अघि सञ्चारमाध्यममा ‘टाउको जत्रै ट्युमर’ शिर्षकमा खर्च अभावमा उपचार नपाएका यादवको समाचार प्रकासन भएपछि बि एण्ड सी टिचिङ अस्पतालले यादवको उपचारमा चासो दिएको हो ।


ADVERTISEMENT

# # #


अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले यादवको उपचारका लागि घरबाट हिँडेदेखी अप्रेसन पछि घर पुर्याउनेसम्मको सबै खर्च अस्पतालले बेहोर्ने बताए । ‘पाँच वर्षको उमेरमानै आमाबुबा गुमाएका ७२ वर्षीय पिडीत यादव खर्च अभावमा १० वर्षको उमेर देखिनै गालामा ट्युमर बोकेर बसेको थाहा भयो’ कार्यकारी निर्देशक प्रसाईले भने, ‘सबै समाचार पढेपछि हामिले निःशुल्क उनको अप्रेसन सहित उपचार गर्ने निर्णय गरेका हौँ ।’

उनले अस्पतालमा यस्तो किसिमको ट्युमरको सफल अप्रेशन र उपचार गर्ने विषेशज्ञ सहित चिकित्कसको टोलि रहेकोले यादवको सफल अप्रेशन बि एण्ड सीमा हुने बताए । उनले यादवको ट्युमर गालामा भएकाले अप्रेसन गर्न खासै समस्या नहुने र अप्रेसन पछि पिडीत यादब सहज रुपमा जिउन सक्ने बताए । चिकित्सकसंगको सल्लाहपछि नै यादवको उपचार गर्न लागेको उनले बताए ।

उनले अस्पताललाई सबै नागरिकले सहज र सुलभ रुपमा उपचार गर्ने साझा अस्पातलाको रुपमा विकास गर्ने लक्ष्य अनुरुप अहिले उपचार अभावमा पिडा बेहोरीरहेकाको निःशुल्क उपचार र अप्रेसन गरेर यसको सुरुवात गरेको समेत बताए । ‘यादवको उपचारमा जतिनै लाख खर्च लागोस हामि उनको ट्युमरको अप्रेसन गरेर स्वास्थ्य बनाएर घर पठाउँछौ’ उनले भने ।

पिडित यादवले यस अघि नेपालगन्ज र लखनउसम्म पुगेर तीन पटक सम्म चिकित्सकलाई ट्युमर देखाएका थिए । सबैले अप्रेसन गर्नुपर्ने भनेपछि पैसा अभावमा यादवले रोग पालेरै बसेका छन् ।