काठमाडौँ– प्रभु बैँकले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको परिसरमा बैंकको बिरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले एक समारोहकाविच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


उद्घाटन कार्यक्रममा क्षेत्रीय प्रमुख यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए । यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए ।


ADVERTISEMENT

# # #


उनले अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकोले कारोबारमा सहज हुने जानकारी गराए ।

आजदेखि सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायी तथा उपभोक्तहरुले प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।