काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं ११, हरिवनमा यही फागुन १३ गते आफ्नो ६७ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


उक्त शाखाको बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ६६ वटा शाखा तथा २० वटा एटीएममार्फत ग्राकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।