काठमाडौँ– दक्षिण अफ्रिकामा दुई साताको अभ्यासका लागि जाने नेपाली युवा क्रिकेट खेलाडीको घोषणा भएको छ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका १४ जना उक्त भ्रमणका लागि छानिएका छन् ।


ADVERTISEMENT


डिपिएलका सद्भावनादूतसमेत रहेका दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी जोन्टी रोड्स र डीपीएल टिम सीवाइसी अत्तरियाका प्रशिक्षक रायन मारोनले नेपाली युवा खेलाडीलाई दक्षिण अफ्रिका भ्रमणको तारतम्ब्य मिलाएका हुन् ।


ADVERTISEMENT

# # #


डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टारका १४ जनाको टोलीलाई दुई साताका लागि दक्षिण अफ्रिका भ्रमणमा जानेछन् । दक्षिण अफ्रिकामा नेपाली युवाले प्रान्तीय र स्थानीय उमेर समूहका खेलाडीको टोलीसँग ५० ओभर र दुई दिवसीय खेल खेल्नेछन् ।

आगामी वर्ष यु १९ विश्वकप दक्षिण अफ्रिकामै हुन लागेकोले नेपाली युवा खेलाडीले त्यहाँको वातावरणमा भिज्न सकून् भनेर भ्रमण आयोजना गरिएको हो

भ्रमणका लागि छानिएको टिम

रोहित कुमार पौडेल
पवन सर्राफ
सन्दीप जोरा
भीम सार्की
रित गौतम
कुशल मल्ल
तृतराज दास
सुवास ऐर
सुशिल खड्का
कमलसिंह ऐरी
राशिद खान
अदिल अन्सारी
दिपेन्द्र रावत
खगेन्द्र जैसी