काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महानगरपालिकामा व्यापक अनियमितता भएको बताएकी छिन् ।


ADVERTISEMENT


काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा निर्वाचित शाहले रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि बताइन् । ‘रेनुले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ,’ उप्रप्रमुख शाहले भनिन्,‘ उनले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएपनि मेयरले यसबारे वेवास्ता गरेको बताइन् ।


ADVERTISEMENT

# # #


उनले मेयर दाहालमाथि १२ वटा आरोप समेत लगाएकी छन् । पत्रकार सम्मेलनमा उनले दुई वर्षसम्म पनि लेखा समिति गठन नगरेको, जिन्सी समिति गठन नगरेको, महत्त्वपूर्ण समितिहरु एकलौटी ढंगले गठन गरेको लगायतका आरोप लगाएकी छन् ।

उनले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएकाले असुरक्षित महसुस गरेको समेत बताइन् । यसबारे मेयर रेनुलाई जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नजनाएको शाहको गुनासो छ ।