काठमाडौँ– नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको बताएको छ ।


ADVERTISEMENT


आव २०७४/७५ को मौद्रिक नीति आज यहाँ सार्वजनिक गर्दै केन्द्रीय बैंकले सरकारले निर्धारण गरेको आगामी आवको ७।२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक उपकरण प्रयोग गरी प्राथमिकताका आयोजनामा लगानी गरिने जनाएको छ ।


ADVERTISEMENT

# # #


कृषि, पर्यटन, ऊर्जा, घरेलु, साना तथा मझौला उद्योगमा प्राथमिकताका साथै कर्जा प्रवाह गर्ने तरलता व्यवस्थापनलाई मौद्रिक नीतिले उच्च प्राथमिकता दिएको गभर्नर चिरञ्जीवी नेपालले बताए ।