काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धि अनुसार नेपालले दोधारा चाँदनीमा पानी पाउनु पर्ने बताएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको कार्यान्वयनको विषयमा जानकारी गराउन सिंहदरबारमा गरेको बैठकमा प्रधानमन्त्रीले सम्झौता अनुसार पानी नआएको बताए ।


ADVERTISEMENT


बुधबारदेखि काठमाडौंमा नेपाल–भारतका विज्ञको संयुक्त तेस्रो बैठक सुरु हुँदैछ । बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई प्रधानमन्त्री ओलीले छलफलमा देशको हितका पक्षमा खुलेर आफ्ना कुरा राख्न निर्देशन दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले २३ बर्ष अघि (२०५२ माघ १९ गते) भएको महाकाली सन्धि अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने पानी अहिलेसम्म नपाएको विषयमा प्रश्न गर्न निर्देशन दिए ।

‘हाम्रो पहिलो प्राथमिकता सन्धिको कार्यन्वयन हो। महाकाली सन्धि अनुसार नेपालले चाँदनी दोधारा क्षेत्रमा १० क्युसेक पानी पाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति हुनुहुदैन।’

बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा।राजन भट्टराईलागयत सहभागी थिए।