काठामाडौँ– मदन पुरस्कार गुठीले यस बर्षका लागि ‘श्रेष्ठ नौ पुस्तक–२०७३’ सार्वजनिक गरेको छ । गुठीले आज विज्ञप्ति जारी गर्दै मदन पुरस्कारका लागि योग्य ९ पुस्तकको मनोनयन सूची सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


यी पुस्तक मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७३ को मदन पुरस्कार प्रदान गरिने छ ।


ADVERTISEMENT

# # #


छनौटमा परेका पुरस्तकहरुमा पुरुषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छाङ्छाको दोहाको सीधा उडान, घनश्याम कँडेलको धृतराष्ट्र, हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात आईमाई, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराइ छन् ।