काठमाडौं– दिवंगत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्या भण्डारी सैनिक मञ्च टुँडिखेलमा उपस्थित हुने भएकी छन् ।


ADVERTISEMENT


अधिकारीको श्रद्धाञ्जली दिउँसो ३ बजे तय भएको छ । अधिकारीलगायत दिवंगत सातै जनाको शव त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । पोस्टमार्टमपछि अधिकारीको शव टुँडिखेल ल्याइने र राष्ट्रपति भण्डारी पनि श्रद्धाञ्जलीमा सरिक हुने कार्यक्रम तय हुने भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री, मन्त्री, विपक्षी दलका नेता, सरकारका उच्च पदस्थ कर्मचारी टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । विभिन्न राजनीतिक दलका नेता, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदायलाई शुक्रबारै अपराह्न ३ः०० बजेदेखि टुँडिखेलमा श्रद्धाञ्जलीमा सहभागी हुन नेकपाले अनुरोध पनि गरेको छ ।