काठमाडौँ– नेपाली महिला टोली थाइल्याण्डमा विश्वकप एशिया छनोट खेलेर स्वदेश फर्किएको छ । विश्वकप छनोका लागि असफल रहेको नेपाली टोली बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।


ADVERTISEMENT


प्रतियोगितामा अघिल्लो चरणमा पुग्नका लागि नेपाली टोलीको बाधक यस पटक पनि थाइल्याण्ड नै भयो । ५ मध्ये पाँचमा जित हात पारेको नेपालले थाइल्याण्डसंग पराजित भएपनि अघिल्लो चरणमा पुग्नका लागि बञ्चित भएको हो । एक महिनाअघि थाइल्याण्डमै भएको महिला टी २० स्म्यासमा नेपाल फाइनलमा आयोजकसंग पराजित हुँदै विजेता बन्नबाट चुकेको थियो ।


ADVERTISEMENT

# # #


२० ओभरको यो प्रतियोगितालाई आईसीसीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने महिला टीट्वेन्टी विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप दुवैको एसियाली छनोट प्रतियोगिताका रूपमा लिएको थियो ।

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युएई, हङकङ, कुवेत, मलेसिया र चीन सहभागी थिए ।