काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई भेटेका छन् ।


ADVERTISEMENT


कञ्चनपुरस्थित पन्तको घर पुगेर सभापति देउवाले निर्मलालाई न्याय दिलाउनु लोकतन्त्रमा विश्वास गर्नेहरुको दायित्व रहेको बताए । उनले निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खवरदारी रहने विश्वास दिलाएका छन् ।


ADVERTISEMENT

# # #


घटना भएको सात महिना बित्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । निर्मलाका बुवाआमा न्यायका लागि लामो समयदेखि धर्नामा बसिरहेका छन् ।