काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहिबार राति सार्वजनिक गरेको टी–२० नयाँ वरियतामा नेपालका कप्तान पारस खड्काले फड्को मारेका छन् । वरियतामा नेपालका तीन खेलाडीले स्थान बनाएका छन् ।


ADVERTISEMENT


टी–२० वरियतामा कप्तान पारस, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाए । अलराउन्डर वरियतातर्फ पारस ३७ औँ स्थानमा उक्लिएका छन् । ७६ अंक पाएका कप्तान पारसको यो हालसम्मकै उत्कृष्ट वरियता हो ।


ADVERTISEMENT

# # #


अघिल्लो महिना उनी ४० औँ स्थानमा थिए । पारस ब्याटिङतर्फ दुई स्थान सुधार गर्दै ९२ औँ स्थानमा उक्लिएका छन् । अलराउन्डरतर्फ ६० अंक बनाएका सोमपाल ५०औं स्थानमा छन् । बलिङमा सोमपाल ७० औँ र बसन्त ७१औं स्थानमा छन् ।

नेपाल टी–२० बरियतामा एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ । १८ देश सम्मिलित वरियतामा नेपालले यूएई, हङकङ, आयरल्यान्ड र ओमानलाई पछि पारेको छ ।

वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रो स्थानमा भारत छ । त्यसपछि क्रमशः अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड, न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड, जिम्बावे र नेदरल्यान्ड्स छन् ।