भारत प्रशासित क्षेत्र काश्मिरमा ४० जना भारतीय सैनिकको मृत्यु हुनेगरी भएको चरमपन्थी हमलापछि भारत र पाकितानका वायुसेनाले एकअर्काका सीमाभित्र प्रवेश गरेर आफ्नो शक्ति प्रदर्शन गरे ।


ADVERTISEMENT


यस घटनामा पाकिस्तानले भारतको एक विमानलाई पाकिस्तानको क्षेत्र काश्मिरमा खसाल्यो र भारतका एक पाइलटलाई आफ्नो कब्जामा लिए । त्यसपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई रिहा गर्ने घोषणा गरे र शुक्रबार उनलाई रिहा पनि गरिदैछ।


ADVERTISEMENT

# # #


पुलवामा हमला १४ फेब्रुअरीमा भएको थियो । जबकी दुई देशका सेनाबीच भएको यो पौठेजोरी २६ देखि २८ फेब्रुअरीसम्म चल्यो । यो बीचमा भारतीय नेतृत्वका तर्फबाट एक कुनैपनि किसिमका आधिकारिक बयान आएन । तर, अर्कातिर पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने यो मुद्दालाई लिएर लगातार बोलिरहे र भारतले काश्मिर घटनाको जवाफ स्वरुप पाकिस्तानमा बम बर्साउँदा पनि युद्ध गर्ने मनसाय पाकिस्तानको नरहेको टिप्पणी गरिरहे ।

उनी लगातार भनिरहेका छन् कि युद्धले कुनै पनि मुद्दालाई समाधान गर्न सक्दैन । भारतीय पाइलट अभिनन्दनलाई छाड्ने इमरान खानको निर्णय प्रशंसनीय छ । उनलाई छाड्नु इमरान खानको उपयुक्त राजनीतिक फैसला हो । किनकी यसले भारत र पाकिस्तानबीचको अवस्था सामान्य हुनेछ । त्यसकारण इमरान खानको यो फैसलाले उनको उचाईँ झनै माथि पुगेको विश्लेषकहरु बताउँछन्