काठमाडौँ– शनिबार राति निधन भएका नेकपाका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यस्टि गरिएको छ। आइतबार बिहान श्रद्धान्‍जलीका लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिएको उनको पार्थिव शरीर पशुपति आर्यघाटमा आइतबर नै अन्त्यस्टि गरिएको हो।


ADVERTISEMENT


अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिए । यसअघि पशुपति आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो।