काठमाडौँ – टीकारपुर घटनाका मुख्य अभियुक्त तथा राजपाका सांसद रेशम चौधरीको सांसदको पद गुम्ने भएको छ । बुधबार जिल्ला अदालत कैलालीले उनलाई दोषी ठहर गर्दै जन्मदकैदको फैसला सुनाएसंगै सांसद पद खारेज भएको हो ।


ADVERTISEMENT


फौजदारी अभियोगमा दोषी प्रमाणित भएपछि सांसद पद स्वतः खारेज हुने कानूनी प्रावधान छ । थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।


ADVERTISEMENT

# # #


घटनाका अभियुक्त रेशम चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट गत वर्ष मंसिरमा भएको प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

निर्वाचित भएको केही समयपछि जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरी अदालतकै आदेशमा पुर्पक्षका लागि थुना थिए । थुनामै रहेका चौधरी केही समय अघि सांसदको सपथग्रहण गरिसके थिए ।