काठमाडौँ– नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल द्वन्द्व व्यवस्थापन गरिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद समेत रहेका भट्टराईले द्वन्द्व व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको बताए ।


ADVERTISEMENT


‘क्षमा गर र भुल’ भन्ने नीतिका साथ द्वन्द्वको व्यवस्थापन गरिनुपर्ने भन्दै उनले द्वन्द्व व्यवस्थापनका क्रममा आफु दण्डित हुन पनि तयार रहेको बताए । उनले भने ‘साँच्ची नै साथीहरुलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड व्यहोर्न तयार छु । ’


ADVERTISEMENT

# # #


द्वन्द्व व्यवस्थापन समयमै हुन नसक्दा विकास र शान्तिको बाटोमा अवरोध श्रृजना भएको भन्दै उनले समयमै द्वन्द्व व्यवस्थापन गर्नुपर्ने जोड दिए । उनले बिप्लब लगायत तराईका असन्तुष्ठ समुहसंग छलफल गरि समयमै माग सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

विकास र सम्मृद्धिका सपना समयमै पुरा गर्न नसके मुलुक फेरी द्वन्द्वमा फस्ने भन्दै उनले विप्लब समुहप्रति लक्षित गर्दै भने ‘ उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन् । यदि हामीले बेलैमा विकास र सम्मृद्धिका सपना पुरा गर्न सकेनौ र हामीले जनतालाई शुसासन दिन सकेनौ भने त्यो ज्वाला फेरी दन्केर आउने खतरा म देख्छु । त्यो बाटो ठिक छैन तर उनीहरुले रक्तश्राप गरेर यो राज्यलाई कमजोर पार्ने सामथ्र्य राख्छन् ।’

उनले संघीयतासंग असन्तुष्ट भएको पक्षसंग पनि समयमै छलफल र वार्ता गरेर समस्या सम्बोधन गरिनुपर्ने आवश्यकता औँल्याए । पुर्वीतमोर देखि अरुण हुँदै पश्चिमको महाकालिसम्मको यात्रामा आफुले विकास र पुर्वाधारका कार्यक्रममा असन्तुलन देखको भन्दै उनले निर्वाचित क्षेत्र र जिल्लालाई नभई राष्ट्रिय नीति बनाएर योजनाबद्ध साथ विकास र पुर्वाधार निर्माणको काम गरिनुपर्ने बताए ।

उनले पश्चिम तर्फको झुलाघाटमा पक्कि पुल निर्माण गरि सिक्किम तर्फबाट १७ किलोमिटर बाटो जोड्न भारतसंग आग्रह गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए । नयाँ शक्ति पार्टीले पुर्वको चियोभन्ञ्याङ्ग देखि महाकालीसम्म गरेको यात्राको क्रममा आफुले गरेको अनुभवलाई पुर्वप्रधानमन्त्री भट्टराईले संसदमा राखेका हुन् ।