बुटवल – रापपाका अध्यक्ष कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार बुटवलमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए ।
सरकारले विखण्डनलाई स्वीकार गरेर सहमति दाबी गर्दै थापाले सहमति कसको शक्ति र प्रेरणाले भयो भन्दै प्रश्न समेत गरे ।


ADVERTISEMENT

# # #


उनले भने,  ‘देशमा सानै भएपनि विखण्डनकारी तत्व सल्बलाएको छ, सहमति आफैँमा विरोधाभाष,अमूर्त, विवादित र रहस्यमय छ, तत्कालीन माओवादीपनि सानै थियो, यो मुद्दा बेलैमा नटुंग्याए कालान्तरमा द्वन्द्व हुनसक्छ ।’ उनले विखण्डनको मुद्दा बोक्ने राउतलाई सरकारले कारबाही गर्नुपर्ने पनि बताए ।

नेपाल हिन्दुराष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबी गरे ।