काठमाडौँ– संविधान संशोधनलगायतका विषयमा छलफल गर्न मुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।


ADVERTISEMENT


सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मुख्य प्रतिपक्षी नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् ।


ADVERTISEMENT

# # #


सत्तारुढ कांग्रेस र माओवादीले आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग अनुसार संविधान संशोधन पारित गर्न चाहे पनि एमाले संविधान संशोधनको विपक्षमा छ। प्रधानमन्त्रीले संशोधनमा एमालेलाई पनि मनाउन ३ दलको बैठक बोलाएका हुन्।

यसअघि प्रधानमन्त्रीले संविधान संशोधन बारे राजापा, राप्रपालगायतका दलसँग छलफल गरिसकेका देउवा संविधान संशोधनपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने तयारीमा छन्।

निर्वाचन आयोगले साउन १५ गतेदेखि निर्वाचन क्षेत्र निर्धारण गरिसक्न सरकारलाई भनेको छ । तर सरकारले अहिलेसम्म आयोग बनाउन सकेको छैन