दाङ – दाङ र प्युठानमा शंकास्पद वस्तु फेला परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै एक कपडा पसल बाहिर शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बताए ।


ADVERTISEMENT


उक्त्त क्षेत्र अहिले प्रहरी नियन्त्रयमा रहेको छ । बोत्तललाई कागजले बेरिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


उता प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा, चकचके र देवीस्थान गरी तीन स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण बिहीबार बिहानैदेखि दाङलगाएत यसका आसपाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण यातायातका साधन, शैक्षिक संस्था, कलकारखाना, उद्योग र बजार संचालनमा आउन सकेका छैनन् ।