कैलाली– कैलालीमा विवाहका जन्ती बोकेको बसमा समेत आगजनी भएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । त्यस्तै कैलालीबाट सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिकबाट तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।


ADVERTISEMENT


कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरबीच एउटा बसमा आगजनी गरिएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा एक ट्याक्टरका लगाएको आगो प्रहरीले निभाएको जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै नवलपरासीको बासाबसहीमा गएराति २ वटा ट्रकाममा आगजनी भएको छ । बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका खाली ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

उता, मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति नै एक ट्रकमाथि आगजनी गरिएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा पनि आगजनी भएको छ । आगजनीका कारण ट्रक पूरै जलेको छ । प्रहरीका अनुसार गएराति १२ बजे आगजनी भएको हो ।

त्यसैगरी देशका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तुहरु पनि भेटिएका छन् । जसले गर्दा सर्वसाधारण त्रसित बनेका छन् । प्रहरीका अनुसार बुटवल, प्युठान, बाजुरा, कपिलबस्तु, गोरखा, रुकुमा लगायतका जिल्लामा बम तथा शंकास्पद बस्तु भेटिएका छन् ।