काठमाडौँ – प्रभु बैंकले एकै दिन दुई नयाँ शाखा सञ्चालन गरेको छ । बैँकले झापाको जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबारबाट सेवा सुरुवात गरेको हो ।


ADVERTISEMENT


झापा चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र उर्लाबारी उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका दुवै प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सेवा प्रदान गरेकोमा प्रशंसा गरे ।