डोटी – जिल्लाको शिखर नगरपालिका–३ को वडा कार्यालय केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत दिपायलले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ ।


ADVERTISEMENT


उच्च अदालत दिपायलले पछि ठहरे बमोजिम हुने गरी हाललाई वडा अध्यक्षसहित तीन जनाको बहुमत सदस्यले गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको हो । वडा नं ३ विसं २०७५ माघ १७ गते भएको बैठकले हाल केन्द्र रहेको आली अतुरालीबाट जोरागाउँमा केन्द्र सार्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि उक्त निर्णय गैरकानूनी भएको भन्दै उक्त निर्णय विरुद्ध वडा सदस्य नरहरादेवी बोगटी र खड्कबहादुर जोराले उच्च अदालत दिपायलमा रिट निवेदन दर्ता गराएका थिए । उक्त रिट निवेदनमा निवेदकका तर्फबाट अधिवक्ताहरु शङ्करदीप मडै र मेरिना श्रेष्ठले बहस गरेका थिए ।

उच्च अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६ ९७० बमोजिम गाउँ तथा नगरसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतले प्रस्ताव पारित गरी वडाको केन्द्र हेरफेर गर्नसक्ने भनी स्पष्ट कानूनी व्यवस्था रहेकोसमेत आदेशमा उल्लेख गरेको छ । उच्च अदालतको अन्तरिम आदेशपछि अतुरालीका स्थानीय खुशी भएका छन् ।