काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार कुवेतविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको टोलीले बिहीबार बेलुका पहिलो खेल खेल्न लागेको हो ।


ADVERTISEMENT


खेल कुवेतको अली शाहव रंगशालामा नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । नेपालले कुवेतसँग १९ वर्षपछि खेल खेल्न लागेको हो ।


ADVERTISEMENT

# # #


यसअघि सन् २००० मा एएफसी एसिया कपमा दुई टोली भिडेका थिए । उक्त खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो ।

गत महिनामात्रै राष्ट्रिय टिमको नेतृत्व सम्हाल्न पुगेका मुख्य प्रशिक्षक योहान कालिनले कुवेत विरुद्ध जित निकाल्ने बताए । उनको नेतृत्वमा नेपालले पहिलो पटकख खल्न लागेको हो ।

यसैगरी कुवेतका प्रशिक्षक रोमियो जोजाकले पनि घरेलु मैदानमा टोली जितका लागि उत्रने बताएका छन् ।