काठमाडौँ– वसुन्धरास्थित चिया पसलबाट एक थान कटुवा पेस्तोल र सोको तीन राउण्ड गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले सो स्थानबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


चिया पसलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो ।