काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि अहिलेको सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् ।


ADVERTISEMENT


राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले यहाँ आज आयोजना गरेको ‘आदर्श दम्पती तथा युवा सम्मान’कार्यक्रममा उनले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरे ।


ADVERTISEMENT

# # #


विविधताले भरिएको मुलुकमा समाज विकासमा दाम्पत्य जीवन महत्वपूर्ण हुने बताउँदै उनले भने, “स्वजातीय तथा अन्तर्जातीय विवाह अहिले प्रचलनमा छ, समाजलाई अग्रगतितर्फ लैजान अन्तर्जातीय विवाहको महत्व छ ।”

राउटे प्रतिष्ठानलाई रु ५० हजार

पार्टीका नेता वामदेव गौतमले जनताले अहिले अग्रगति र प्रगतिको अपेक्षा गरे पनि त्यसतर्फ सरकार अगाडि बढ्न नसकेको भनी चिन्ता व्यक्त गर्नुभयो । ऊर्जामन्त्री वर्षमान पुनले २१ औँ शताब्दीमा पनि राउटे जाति जङ्गलमा रहेको अवस्थामा उनीहरुलाई सामाजिक जीवनमा ल्याउनका लागि सरकार र गैरसरकारी संस्थाबीच समन्वयको खाँचो औँल्याए । उनले उक्त प्रतिष्ठानलाई रु ५० हजार सहयोग गरिने घोषणा पनि गरे ।

नेकपाकी नेत्री अष्टलक्ष्मी शाक्यले राउटे जाति लोपोन्मुख बन्दै गएकाले यस्ता सिमान्तकृत वर्गको संरक्षणका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिइन्। प्रतिष्ठानका संरक्षक भद्राकुमारी घलेले निःस्वार्थ भावनाले गरिने समाजसेवाका माध्यमबाट राष्ट्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले कर्णाली र सुदूरपश्चिमका विभिन्न जङ्गलमा बस्दै आएका राउटेलाई सामान्य जीवनमा फर्काउन आफ्नो संस्थाले व्यावसायिक सीप र तालीम उपलब्ध गराउँदै आएको जानकारी दिइन्।

उक्त कार्यक्रममा आदर्श दम्पतीका रुपमा गौतम र तुलसी थापा, अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, वर्षमान पुन र ओनसरी घर्ती तथा मदन सत्याल र नर्मदेश्वरी सत्याललाई सम्मान गरिएको थियो । त्यसैगरी डा शेखर गुरुङ, डा अनिलकुमार भट्टराई, डा सरोज कार्की, डा सुनिलकुमार पोखरेललगायतलाई युवा सम्मान प्रदान गरिएको थियो ।