काठमाडौँ– गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज श्रीलंका प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


श्रीलंका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले सार्कको सुरक्षा चुनौती र सार्क आबद्ध राष्ट्र बीचको सम्बन्धका बारेमा भ्रमणमा छलफल हुने जानकारी दिए । उनले भने, “अपराध नियन्त्रणमा कसरी सहजता ल्याउने तथा लागुऔषध, आतङ्कवाद लगायतका समस्याका विषयमा बैठकमा छलफल हुने छ ।”


ADVERTISEMENT

# # #


बिहीबारसम्म हुने भ्रमणका क्रममा श्रीलंकाली गृहमन्त्रीसँग छुट्टै भेटवार्ताको कार्यक्रम रहेको मन्त्री शर्माले बताए। अर्को प्रसङ्गमा उनले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने बताए ।

बैठकमा गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी र गृह प्रवक्ता दीपक काफ्ले श्रीलंका प्रस्थान गरे ।