काठमाडौं – पाचौँ साफ महिला च्याम्पियनसीपको उपाधि भारतले जितेको छ । विराटनगरको शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गरेको हो ।


ADVERTISEMENT


भारतले २६ औं मिनेटमा गोल गर्लै अग्रता लिएको थियो । डी बक्सबाहिर पाएको फ्रीकिकमा भारतका लागि डालिमा छिब्बरले गोल गरिन् ।  ६३ औं मिनेटमा ग्रेस ड्याङ्गमेईले गोल गर्दै भारतलाई पुनः अग्रता दिलाइन् । लगत्तै ७७ औं मिनेटमा अन्जु तामाङले भारतको अग्रता दोब्बर पारिन् । त्यसपछिको बाँकी समय नेपालले अवसर पाएपनि सदुपयोग गर्न सकेन ।


ADVERTISEMENT

# # #


भारतको अग्रतालाई नेपालले ३२ औँ मिनेटमा बराबरी गर्यो । नेपालका लागि साबित्रा भण्डारीले हेडिङमार्फत गोल गर्दै बराबरी गरेकी हुन् । पहिलो हाफमा १-१ को बराबरी गरेता पनि भारतले दोस्रो हाफमा थप दुई गोल गरेपनि नेपाल उपाधि जित्नबाट फेरि पनि चुकेको हो । नेपालले घरेलू मैदान र दर्शकको साथलाई सदुपयोग गर्न सकेन ।

यससंगै भारतले पाचौँ पटक उपाधी जित्दै भारतले साफ च्याम्पियनसिपमा आफ्नो दबदबा कायमै राखेको हो ।