रामेछाप । भारत सरकारले रामेछाप जिल्लाको बाम्ती भण्डार स्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसका लागि भवन निर्माण गरेको छ । गत चैत ७ गते सो भवनको उद्घाटन गरिएको छ ।


ADVERTISEMENT


जिल्ला समन्वय समिति रामेछाप र क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजना गरेको एक सार्वजनिक कार्यक्रमका बीच सो भवनको समुद्घाटन गरिएको हो ।


ADVERTISEMENT

# # #


भारत सरकारको रु ३ करोड ५५ लाख अनुदान सहयोगमा निर्मित तीन तल्ले भवनमा १२ वटा कक्षा कोठा रहेका छन् । नवर्नििमत भवनमा संकाय, प्रधानाध्यापक, पुस्तकालय, बैठक, लेखा शाखा, प्रयोगशाला, भण्डारणका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि शौचालय निर्माण गरिएका छन् ।

क्याम्पसको नयाँ संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभई रामेछाप तथा यस जिल्लासँग जोडिएका अन्य क्षेत्रका गरिब तथा सीमान्तकृत विद्यार्थीहरुको शिक्षामा पहुँच समेत बढाएको छ ।

सन् १९६३ मा स्थापित तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसमा हाल १ हजार विद्यार्थीहरु अध्ययनरत छन् । सन् २००६ देखि क्याम्पसले स्नातक तहका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस रामेछाप जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ ।