एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करणको खेल खेल्न यतिखेर सन्दीप लामिछाने भारतमा छन् । आईपीएलको १२ औं संस्करण अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच हुनेछ भने दोस्रो खेल टिम दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुने छ ।


ADVERTISEMENT


सन्दीप लामिछानेलेको टिम दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स बीचको खेल नेपाली समय अनुसार बेलुका ८ः१५ बजे शुरु हुनेछ ।अन्तर्राष्ट्रिय लिगमा पछिल्लो एक वर्षदेखि निरन्तर खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीपले आजको पहिलो खेलमै मौका पाउने उच्च संभावना छ ।


ADVERTISEMENT

# # #


गत सिजनको आइपिएलमा दिल्ली डेयर डेभिल्सबाट खेल्दै सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका थिए । बिग बास लिग(बीबीएल), ब‌ंगलादेश प्रिमियर लिग(बीपीएल), पाकिस्तान प्रिमियर लिग९पिपिएल ०लगायतमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल सन्दीप पछिल्लो समय अत्यन्त ब्यस्त छन् ।

ब्यस्तताका बाबजुद छोटो समयका लागि नेपाल आएका सन्दीप करिव एक साताको घर बसाईपछि पूनः आईपीएलका लागि भारत गएका हुन् ।