काठमाडौँ – गायक सागर सरद अधिकारीको स्वर रहेको नयाँ आधुनि गीत आएको छ । ‘जीवनको गारेटोमा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


सागर भण्डारी (दिनेश) को प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायक सागर सरद अधिकारीको स्वर रहेको छ । शब्द सागर भण्डारी, संगीत र संयोजन विष्णु तामाङको रहेको छ ।


ADVERTISEMENT

# # #


शंखरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा स्यंम सागर भण्डारी र सारिका के.सी.लाई देख्न सकिने छ । म्युजिक भिडियोलाई निर्देशक प्रविन थापाले निर्देशन गरेका छन् भने शंखर प्रज्वल घिमिरेले सम्पादन गरेका छन् । गीतलाई नवराज घिमिरेले छायाँकन गरेका हुन् ।