काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।


ADVERTISEMENT


पाठकले ७८ लाख रुपैयाँ घूस लिएको दावीसहित अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले घूस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको छ।


ADVERTISEMENT

# # #


भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको ९ज० अनुसार कारबाही माग गरिएको छ। त्यसमा दफा २४ अनुसार थप सजाय माग गरिएको छ। कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार पाठकले ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।

न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ।

पाठकले घूस लिएको समाचार बाहिरिएपछि उनले पदबाट राजिनामा दिएका थिए। अख्तियारले १२ थान डिभिडी, २ थान पेन ड्राइभमा भिडियो तथा अडियो राखेर अदालतमा बुझाएको छ।

मुद्दा अदालत लैजानुअघि अख्तियारले पाठकसँग बयानसमेत लिएको थियो।