काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछाने १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्लीको दोस्रो खेलमा पनि अन्तिम ११ मा पर्न असफल भएका छन् । सन्दीप दिल्लीमा हुने चेन्नई सुपर किंग्सविरुद्धको खेलमा टिममा नअटेका हुन् ।


ADVERTISEMENT


यसअघिको पहिलो खेलमा मुम्बई इण्डियन्सको घरेलू मैदानमा पनि सन्दीप टिममा अटेका थिएनन् । मुम्बईमा तीव्र गतीका बलरलाई सहयोग पुग्ने देखिएकाले सन्दीप टिममा नपरेको अनुमान गरिएको थियो । तर दिल्लीस्थित फिरोज शाह कोट्ला मैदान स्पिनरमैत्री मानिन्छ । जसमा सन्दीप पर्ने अनुमान गरिएको थियो । तर उनी यसमा पनि असफल भएका छन् ।


ADVERTISEMENT

# # #


दिल्लीले आज एउटा मात्र परिवर्तन गरेको छ । जसमा ट्रेन्ट बोल्टको ठाउँमा स्पिनर अमित मिश्र आएका छन् । दिल्लीले आज तीन जना मात्रै विदेशी खेलाडी खेलाएको छ । पहिलो खेलमा दिल्लीले मुम्बईलाई हराएको थियो ।