काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा प्रतिनिधि सभा सांसद गगन थापा अमेरिका प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


पूर्वमन्त्री समेत रहेका थापा हार्वड विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका तर्फ प्रस्थान गरेका उनका स्वकीय सचिव सबिन मुडवारीले हिमालयपोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


हार्वडको सर्ट कोर्षका रुपमा अध्ययन हुने ग्लोवल लिडरशिप बिषयमा थापाले दुई हप्ता सम्म पढ्नेछन् । उनी सँगै बिश्वभरका राजनीतिज्ञ, ठूला व्यवशायी लगायतले समेत सो बिषयको अध्ययन गर्दैछन् ।

थापालाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै सो अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको थियो । कार्यव्यस्तताले नभ्याईरहेका थापाले यसपटक समय निकालेर सो बिषयको अध्ययनका लागि अमेरिका तर्फ लागेका हुन् ।

सांसद थापा करिब तीन हप्ता सम्म अमेरिकामा रहनेछन् ।