काठमाडौं – अछामको रामारोशन गाउँपालिकामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । मंगलबार दिउँसो गोली हानाहान भएको प्रहरीले जनाएको छ । रामारोशनमा चन्द समूहका कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी त्यसतर्फ लागेको थियो ।


ADVERTISEMENT


प्रहरीका अनुसार चन्दका कार्यकर्ताले प्रहरीलाई देख्नासाथ गोली हानेका थिए । गोली हानाहानपछि केही कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #