काठमाडौं – भारतीय विदेश सचिव विजय गोख्लेले प्रधनमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।


ADVERTISEMENT


नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएको छ। विदेश सचिव गोखलेले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन्।


ADVERTISEMENT

# # #


करीब १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो । भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ । सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी हुनेछन् ।