काठमाडौँ – माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटलबीच ‘१०.२५ माछापुच्छ्रे डिवेञ्चर – २०८५’ नामक ३ अर्ब ऋणपत्र निष्काशन गर्नकालागि निष्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ ।

ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरिसकेको जनाएको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।