काठमाडौँ– पहिरोको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । हिजो अपरान्हदेखी अवरुद्ध भएको सडकमा केहिवेरअघिबाट सवारी संचालन भएका हुन् ।


ADVERTISEMENT


कालीखोलास्थित चारकिलो भन्ने स्थानमा खसेको पहिरो आज हटाइएको छ । हिजो अपराह्न ३ बजे पहिरो खसेपछि रातभर सडक अवरुद्ध भएको थियो । आज विहान तीनबजेदेखी पहिरो पन्छाउन थालिएको थियो । मुग्लिनदेखि कालीखोला हुँदै घुमाउनेसम्मको सडक पहिरोको उच्च जोखिममा छ ।


ADVERTISEMENT

# # #


सोही स्थान नजिकै यही असार ९ गते बिहान खसेको पहिरोमा परेर ३ जना प्रहरी मृत्यु भएको थियो । एकजना प्रहरी बेपत्ता छन् । प्रहरीले बैकल्पिक बाटो प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।