काठमाडौं – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । मृतक ६ जनाकै खसनाखत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।


ADVERTISEMENT


प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वर्षीय नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा र ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा भएको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो डडुवाडाँडास्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।

घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।