काठमाडौँ – कामना सेवा विकास बैंकले बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ७८औं शाखा कार्यालय स्थापना गरेको आइतबारदेखि नै सेवा सुरु गरेको छ ।


ADVERTISEMENT


बानेश्वर शाखाको बैंकका संचालक विश्वेश्वर सुबेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । यससंगै बैँकका राजधानीमा ५ वटा शाखा पुगेका छन् ।


ADVERTISEMENT

# # #


प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखा थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए ।

बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।