काठमाडौँ – एउटै इनिङमा सनराइजर्स हैदरावादले दुई शतक बनाएको छ। आइपिएलको १२ औँ संस्करण अन्तरगतको ११ औँ खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंङ्लोरविरुद्ध दुई शतक प्रहार गरेको हो।


ADVERTISEMENT


हैदरावादका जोथन बेयरस्टो र डेभिड वार्नरले शतक प्रहार गरेका हुन्। बिस्फोटक ब्याटिङ गरेका बेयरस्टोले ५६ बलको सामना गर्दै १ सय १४ रन बनाए। उनले १२ चौका र ७ छक्का प्रहार गरे। यस्तै वार्नरले ५५ बलमा नटआउट १ सय रन बनाए ।


ADVERTISEMENT

# # #


हैदरवादका दुई ब्याट्सम्यानको आक्रमक ब्याटिङपछि बैंङ्लोररसामु २३२ रनको चुनौती पेश गरेको हो। जवाफी ब्याटिङमा आएको बैंङ्लोरले खराब सुरुवात गरेको छ। ९ ओभरको समाप्तीमा ४० रन बनाउँदा ६ विकेट गुमाएको छ ।