बारा– आईतवार आएको भीषण हावाहुरीमा परेर बारामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्लाका विभिन्न स्थानमा बेलुकी साँढे सात बजेतिर आएको आँधी हुरीमा परेर कम्तीमा ३० जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT


भीषण हावाहुरी कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको बताएका थिए ।

सम्बन्धित समाचार :

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, उद्दार कार्यमा जुट्न निर्देशन

मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले उद्दार र राहत कार्यमा कुनै कसुर बाँकी राख्ने छैन’

हावाहुरीबाट प्रभावितको उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् ।

त्यस्तै घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण सुरक्षाकर्मीलाई उद्दार कार्यमा सहयोग गर्न आह्वान गरेका छन् । उनले ट्विट मार्फत घटनाको जानकारी गराउँदै घाइतेहरुको उपचारको लागि स्वास्थ्य सेवाका कर्मचारीहरुलाई समेत अनुरोध गरेका छन् । साथै मृतकका परिवारमा समवेदना समेत व्यक्त गरेका छन् ।