काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले बुटवलमा नयाँ शाखा सुरु गरेको छ । बैँकले नगरपालिकाको वडा नं ०२, मैनाबगरमा सोमबार ७९औं शाखा कार्यालय स्थापना गरेको हो ।


ADVERTISEMENT


बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए । सञ्चालक तुलाचनले उक्त शाखाको समुद्घाटन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।