काठमाडौं – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने जनाएका हुन् ।


ADVERTISEMENT

# # #


‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ ।’ उनले भने, ‘प्रहरी तथा सेनासँग आधिकारिक डाटा लिएर हामी सोहीअनुसार सहयोग गर्छौं ।’

उनले सिंगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास दिलाए । प्रदेश सरकार पीडितको दुःख कम गर्नको लागि जिम्मेवार ढंगले लागिरहेको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले घट्ना घटेकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमुख, प्रदेश सरकार घटनास्थल पुगेको पनि जनाए । उनले घटनामा परी घाइते भएकाहरुको उपचारको जिम्मा प्रदेश सरकारले लिएकाले उपचारमा कुनै कमी आउन नदिने बताए । यस्तै उनले पीडितसामू राहत समान ढंगले पुगोस् भन्नका लागि एकद्धार प्रणालीमा राहत वितरण गर्न सरकार लागेको जानकारी दिए ।

राहत तथा उद्धारको नाममा रमिता हेर्नेहरुको बढि भीड लाग्ने गरेको छ नि भनेर सोधिएको प्रश्नमा मुख्यमन्त्री राउतले ठाडै अस्वीकार गरे । ‘त्यहाँ कोहीपनि रमिता हेर्न गएका छैनन् । मैले उहाँहरु सबैलाई सहयोग गर्न गएको पाएको छु ।’ उनले भने, ‘सहयोगी हातहरु नै त्यहाँ पुग्नुभएको छ । बरु, हामीले दृष्टिकोण बदल्न जरुरी छ, उहाँहरुको प्रशंसा गर्नुपर्छ । ’

पीडित परिवारलाई राहत जाने काम भैरहेको र अहिले टोल टोलमा टेन्ट लगाईएकोपनि उनले स्पष्ट पारे । राहतको कुनै समस्या नरहेको उनको दाबी छ