काठमाडौं । युवा संघ नेपालका पूर्व अध्यक्ष एवं पूर्वउधोगमन्त्री महेश बस्नेतको पहलकदमिमा भक्तपुरका युवा ब्यावशायीहरुले बारा जिल्लाका आंधिबेरी प्रभाबित जनताको सहयोगार्थ चार लाख रकम प्रदान गरेका छन ।


ADVERTISEMENT


चैत्र १७ गते बेलुका बारा जिल्लामा आएको बिनाशकारी आंधिबेरीबाट प्रभावित स्थान मध्येको पर्शुरामपुरमा युवासंघ नेपाल द्वारा आयोजित राहत बितरण कार्यक्रममा संघका अध्यक्ष रमेश पौडेल र  बरिष्ठ उपाध्यक्ष किरण पौडेल उक्त रकम हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT

# # #


भक्तपुरका स्थानीय ब्यवशायीहरु राजेश बन्जार्, रोमन शिलाकार्, निर्भय प्रशाई, पूर्ण लिम्बु, नुनम सुब्बा, प्रबिन कुश्मा, यादव राई लगायतबाट संकलित उक्त रकम भक्त कसुछ्वा र बिज्ञान राईले हस्तान्तरण गरेका हुन् ।

संकलित रकमबाट अत्यावश्यक बस्तुहरु खरिद गरी प्रभावित स्थानहरुमा बितरण गर्ने युवा संघ, राहत तथा उद्वार समिती संयोजक किरण पौडेलले जानकारी दिए ।

यस्तै, युवा संघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतको अगुवाईमा प्रदेश न १ कमिटीले संकलन गरेको ७ लाख मुल्य बराबरको बिभिन्न राहत सामग्री आज हुरी प्रभाबित बारा र पर्सामा बितरण गरिएको छ । त्यस्तै काठमाडौं ,चितवन ,नवलपुर ,मकवानपुर लगाएत जिल्लाहरुबाट समेत बिभिन्न राहत सामाग्री संकलन तथा बितरण भैरहेको र यो क्रम निरन्तर जारी रहने युवा संघले जानकारी दिएको छ ।

युवा संघ नेपालका स्वयमसेवकहरु प्रभावित क्षेत्रको सरसफाइ, भग्नाबशेष ब्यबश्थापन र अस्थायी टहरा निर्माणमा जुटेको अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।